ट्रेन्डिङ

२४ घण्टाका ट्रेन्डिङ अपडेट

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

छाङरु झर्‍यो तिंकर प्रहरी चौकी

बुधबार १२, मङि्सर २०८१ ११:३१

दार्चुला ।  सबैभन्दा उचाइमा रहेको तिंकरस्थित सीमा प्रहरी चौकी छियालेकबाट छाङरु झरेको छ । तिंकरमा चिसो बढेपछि सीमा प्रहरी चौकी छाङरु झरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ब्यास गाउँपालिका–१ टिंकरस्थित छियालेकमा रहेको सीमा प्रहरी चौकी चिसो बढेपछि छाङरु झरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कान्तिराज जोशीले बताए ।

छियालेकबाट प्रहरी टोली मंसिर ८ गते छाङरु झरेको हो । चिसो बढेपछि तिंकरका स्थानीय भने चिसो छल्न सदरमुकाम झर्ने गरेका छन् । सर्वसाधारण सदरमुकाम गएपछि प्रहरी भने छाङरु झरेका हुन् ।

प्रहरी नायब निरीक्षक चक्रबहादुर सिंह नेतृत्वको टोली मंसिर ८ गते छाङरु झरेको हो ।

प्रतिक्रिया