अछाम । नेपाली काङ्ग्रेस अछाम जिल्ला कार्यसमितिका आमन्त्रित सदस्य पृथ्वीबहादुर शाह अछाम जिल्लाका लागि जिल्ला सूचना संयोजकमा मनोनीत भएका छन् ।
नेपाली काङ्ग्रेसका नेता मिनबहादुर बिश्वकर्मा प्रमुख रहेको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले बान्निगढी जयगढ गाउँपालिका–६ दर्ना निवासी नेता शाहलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो ।
शाहले नेपाली काङ्ग्रेससंग सम्बन्धित समसामयिक गतिविधि एवं विविध विषयमा हुने जिल्लास्तरीय कार्यक्रम सम्बन्धि सूचना छिटोछरितो एवं विश्वसनीय ढंगले उक्त विभागलाई उपलब्ध गराउनुपर्ने छ ।
प्रतिक्रिया