धनगढी । सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा मतगणना जारी छ । १६ मध्ये १० क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरूले अग्रता छ । यस्तै तीनमा नेपाली कांग्रेस र तीनमा एमालेको अग्रता छ ।
कैलालीका पाँच, कञ्चनपुरका तीन, डडेल्धुरा र बैतडीमा रास्वपाका उम्देवार अगाडि छन् । यस्तै अछामका दुबै र बझाङमा एमाले तथा डोटी, बाजुरा र दार्चुलामा कांग्रेस उम्मेदवार अगाडि छन् ।
कैलाली ५ मा रास्वपामा आनन्दबहादुर चन्द, ४ मा खेमराज कोइराला, ३ मा जगतप्रसाद जाेशी, २ मा केपी खनाल र १ मा कोमल ज्ञवालीको अग्रता छ । यस्तै कञ्चनपुर १ मा रास्वपाकै जनकसिंह धामी, २ मा दीपक बोहरा र ३ मा ज्ञानेन्द्रसिंह महता अगाडि छन् ।
कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले लगातार सात पटक जितेकाे डडेल्धुरामा रास्वपाका ताराप्रसाद जाेशी र बैतडीमा रास्वपाकै हरिमाेहन भण्डारी अगाडि छन् । रास्वपाले अग्रता बनाएका १० मध्ये बैतडीमा मात्रै प्रतिस्पर्धा देखिएको छ । अन्यमा रास्वपा उम्मेदवार जित नजिक छन् ।
यस्तै डाेटीमा कांग्रेसका भरतबहादुर खड्का, बाजुरामा जनकराज गिरी र दार्चुलामा धर्मानन्द जोशीको अग्रता छ ।
अछाम १ मा एमालेका दीपक साउद, २ मा यज्ञ बोगटी र बझाङमा ऐन महर अगाडि छन् ।
प्रतिक्रिया