ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा हत्या अभियोगमा फरार भएका कांग्रेस नेता पक्राउ

बुधबार २१, फागुन २०८१ १०:२५

धनगढी । कञ्चनपुरमा हत्या अभियोगमा फरार रहेका नेपाली कांग्रेसका नेता पक्राउ परेका छन् । बेदकोट नगरपालिका–१ का ३४ वर्षीय उद्धव बोहरालाई पक्राउ गरिएको हो । बोहरालाई काठमाडौंबाट पक्राउ गरेर कञ्चनपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए ।

बोहरा नेपाली कांग्रेस कञ्चनपुरका सदस्य हुन् । उनीमाथि बेदकोटकै हर्कबहादुर खडायतको हत्या गरेको आरोप छ । बोहरासहितको समूहले २८ कात्तिक २०८० मा बेदकोट नगरपालिका–१ हात्तीथलामा देउसी–भैलो हेरेर फर्किरहेका बेला खडायतलाई घेरा हालेर कुटपिट गरेको आरोप छ ।  

खडायतको उपचारका क्रममा १० पुस २०८० मा मृत्यु भएपछि कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरिएको थियो । बोहरा पक्राउ परे पनि उक्त मुद्दामा अन्य चार जना अझै फरार छन् । 

प्रतिक्रिया