ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा बाख्रा चोरीका आरोपितलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइयो

बुधबार २१, फागुन २०८१ ०४:०४

धनगढी । कैलालीमा बाख्रा चोरेर स्थानीयलाई दुख दिएको भन्दै एक युवकलाई गाउँलेले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।  घोडाघोडी नगरपालिका–४ बिचफाटाका २२ वर्षीय शंकर बिकलाई स्थानीय गाउँलेले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । 

उनीहरुले प्रहरीलाई बिकमाथि कारबाही गर्न आग्रह गरेका छन् । सोमबार राति करिब ९ बजेको समयमा घोडाघोडी–१ कौवापुर बस्ने लक्ष्मी ऐरको बाख्रा खोरबाट खसी चोर्ने क्रममा उनलाई स्थानीयले फेला पारेर प्रहरीमा बुझाएका हुन्।

दुबै पक्षबिच इलाका प्रहरी कार्यालय सुखडमा छलफल भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया