काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै बन्धक नछोडे हमासका कोही पनि सुरक्षित नरहने चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले सबै इजरायली बन्धकहरूको रिहाइ तल्काल नगरे हमासको लागि यो ‘अन्तिम चेतावनी’ हुने बताएका हुन् ।
‘यदी हमासले मेरो कुरा मानेनन् भने म इजरायललाई आवश्यक पर्ने सबै कुरा पठाउँछु । हमासका एकजना पनि सदस्य सुरक्षित हुने छैनन्,’ उनले भनेका छन् ।
ट्रम्पले बन्धकहरूलाई रिहा गरिएन भने हमासले यसको ठूलो मूल्य चुकाउने बताएका छन् ।
प्रतिक्रिया