ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

चैत महिनाका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

बिहिबार २९, फागुन २०८१ ०२:५०

काठमाडौं । चैत महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । चैत १ गतेदेखि लागू हुनेगरी सार्वजनिक विवरणअनुसार अधिकांश बैंकले फागुनकै ब्याजदरलाई निरन्तरता दिएका छन् । 

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये १७ वाणिज्य बैंकले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ३ बैंकले घटाएका छन् । ब्याजदर घटाउने बैंकहरुमा हिमालयन, लक्ष्मी सनराइज र नेपाल बैंक रहेका छन् ।

चैतमा वाणिज्य बैंकहरुको ब्याजदर औसतमा ५।९३ प्रतिशत कायम भएको छ । फागुनमा यो प्रतिशत औसतमा ६।०१ थियो । 

चैतमा एनआइसी एशिया बैंकमा पैसा राख्दा सबैभन्दा बढी ब्याज पाइने भएको छ । यस बैंकको ब्याजदर चैत्रका लागि ६।६ प्रतिशत कायम गरिएको छ । अन्य करिब एक दर्जन बैंकमा ६ प्रतिशत माथि ब्याज पाइने भएको छ ।

प्रतिक्रिया