धनगढी । कैलालीमा कर्तव्य ज्यान मुद्दामा लामो समयदेखि फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सगुनी रानाको जाहेरीका आधारमा दुर्गा बहादुर चौधरी समेत प्रतिवादी रहेको मुद्दामा वारदात मिति २०७७ फागुन १५ गतेदेखि फरार रहेका गोदावरी नगरपालिका–१० दमौराका ३३ वर्षीय दुर्गा बहादुर चौधरीलाई पक्राउ गरिएको हो ।
प्रहरी टोलीले उनलाई आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ परेका चौधरीलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत कैलालीमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया