ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बैतडीमा एक युवक मृत फेला

बुधबार ०४, चैत २०८२ १२:३१

धनगढी । बैतडीमा एक युवक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको पाटन नगरपालिका–३ गुजरका अन्दाजी २६ वर्षीय नरेश कोली सुर्नया नदी किनारमा मृत अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पाटन–३ सुरुङ नजिकैको बाटोबाट लडेर करिब १०० मिटर तल नदी बगरमा उनको शव फेला परेको हो ।

प्रहरी निरीक्षक सुरज सिंहका अनुसार कोली मंगलबार घरबाट सामान किनमेलका लागि पाटन बजार गएका थिए। बेलुकासम्म घर नफर्किएपछि उनका दाइले प्रहरीलाई खबर गरेका थिए ।

खोजी गर्ने क्रममा बुधबार बिहान करिब ८ बजे उनको शव सुर्नया नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया