धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको प्रेस तथा जनसम्पर्क सल्लाहकारमा पत्रकार डम्मरबहादुर बम नियुक्त भएका छन् ।मुख्यमन्त्री शाहले सोमबार बमलाई सल्लाहकारमा नियुक्त गरेका हुन् ।
कैलालीको लम्कीका बम २०६२ सालदेखि पत्रकारितामा आबद्व छन् । धनगढीको सेती समाचार दैनिकबाट पत्रकारिता थालेका बमले धनगढी पोस्ट, अनुमोदन दैनिक, दिनेश एफएम, कोशेली एफएम, बिज एफएम, रासस लगायतका सञ्चार माध्यममा काम गरेको अनुभव छ ।
बमले राजनीतिशास्त्र र व्यवस्थापन संकायमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् भने कानुन संकायमा पनि स्नातक गरेका छन् ।
प्रतिक्रिया