ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा ५ लाख बढीका अवैध सामान बरामद

शुक्रबार १४, मङि्सर २०८१ ०२:१८

धनगढी । कञ्चनपुरमा सवा पाँच लाख मूल्य बराबरको अवैध सामान बरामद भएको छ ।

शुक्रबार  दिउँसो सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले भीमदत्त नगरपालिकाको भाँसीबाट अवैध सामान बरामद गरेको हो ।

मोबाइल कभर, स्विच, स्विच बोर्ड लगायत गरेर पाँच लाख १३ हजार बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गमा गाडीमा सामान लोड गर्न राखेको अवस्थामा बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि गड्डाचौकी भन्सार कार्यालय बुझाइने प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया