दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाका सिनियर अहेव दिनेशप्रसाद जोशीको निधन भएको छ । मालिकार्जुन गाउँपालिका–६ मा रहेको उकु स्वास्थ्य चौकीमा कार्यरत जोशीको सोमवार उपचारका क्रममा निधन भएको हो।
सोमबार बिहान ११ बजे स्वास्थ्य चौकीमै बेहोस भएर लडेका जोशीलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला पु¥याइएको थियो । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि धनगढी लैजाने क्रममा मालिकार्जुनको पस्ती आधारभूत अस्पतालमा निधन भएको हो ।
धनगढी लैजाने क्रममा पस्ती पुग्दा जोशीको स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि पस्ती आधारभूत अस्पतालमा लगिएको र डाक्टरले मृत घोषित गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत धामीले बताए । गाउँपालिकाले मङ्गलबार शोक बिदा दिइएको छ।
प्रतिक्रिया