धनगढी । अछामको बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारमा भीषण आगलागी भएको छ । ग्यास सिलिण्डरबाट सल्केको आगोले भीषण रुप लिएको हो ।
मंगलबार बेलुका ७ बजेतिर सल्किएको आगो पाँच घण्टापछि राति १२ बजे मात्रै नियन्त्रण भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी इश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।
डीएसपी भण्डारीले बान्नीगढी जयगढ गाउँपालिका र मंगलसैन नगरपालिकाको दमकलको सहायताले सशस्त्र प्रहरी, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । उनका अनुसार आगलागीबाट भएको क्षतिको प्रारम्भिक विवरण संकलन गरिएको छ । `जयगढ बजारमा रहेका २७ वटा पसल र अन्य घरमा आगलागीले क्षति पुगाएको छ,´ डीएसपी भण्डारीले भने, `धेरै घर र पसल जलेर नष्ट भएका छन् । प्रारम्भिक विवरणअनुसार सात करोड बढीको क्षति भएको छ ।´
आगलागीबाट ७ बजे पुष्पराज शर्माको आइएमी सेन्टरबाट आगो फैलिएको थियो ।
डीएसपी भण्डारीका अनुसार लामोसमयसम्म आगलागी नियन्त्रण नभएपछि आक्राशित भएका युवाहरुले बान्नीगढी जयगढ गाउपाँलिकाका अध्यक्ष टेकहादुर साउदको घरमाथि ढुङ्गामुडा गरेका थिए ।
प्रतिक्रिया