धनगढी । सरकारले पछिल्लो पटक बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो ।
१३ वटा निर्णय भएकोमा डडेल्धुराको भागेश्वर गाउँपालिकाले केन्द्र टप्वा कायम गर्ने पनि उल्लेख छ । बगरकोटमा रहेको केन्द्र परिवर्तन गरि टप्वा कायम गर्ने तथा राजपत्रमा प्रकाशित गर्ने निर्णयमा उल्लेख छ ।
यसअघि भागेश्वर गाउँपालिकाको हिउँदे अधिवेशनबाट बहुमत कार्यपालिका सदस्यले टप्वालाई केन्द्र तोक्ने पक्षमा मतदान गरेका थिए । बगरकोटलाई नै निरन्तरता दिनेकी टप्वामा मुकाम तोक्ने भनेर गाउँपालिकामा मतान्तर रहेको थियो ।
तर, ०८० माघमा बसेको कार्यपालिका बैठकमा भएको मतदानले टप्वा केन्द्र तोक्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया