ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा प्रहरी कार्यालयकै अगाडि मृत भेटिए पुरुष

बुधबार २७, चैत २०८१ ०९:१२

धनगढी । कैलालीको अत्तरियामा एक पुरुष मृत फेला परेका छन् । बुधबार बिहान अत्तरियास्थित इलाका प्रहरी कार्यालय मालाखेतीको अगाडि अन्दाजी ३५ वर्षका पुरुष मृत फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक डीएसपी गंगाबहादुर थापाका अनुसार मृतकको सनाखत हुन सकेको छैन । `प्रहरी कार्यालयको अगाडि रहेको दुर्गा मन्दिर परिसरमा शव फेला परेको छ,´ डीएसपी थापाले भने, `शरीरमा चोटपटक पनि देखिएको छ ।´

घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । घटनास्थलमा पुगेका प्रहरी अधिकारीका अनुसार घटना शंकास्पद छ । 

प्रतिक्रिया