धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा सामुदायिक विद्यालयबाट कक्षा ८ को परीक्षा दिएका ४२.१० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
धनगढी उपमहानगरपालिकाले सार्वजनिक गरेको आधारभूत तह अर्थात् कक्षा ८ को नतिजाअनुसार त्यति विद्यार्थी उत्तीर्ण भएका हुन । यो शैक्षिकसत्रको नतिजा विगतको तुलनामा धेरै सुधार भएको छ ।
शैक्षिकसत्र २०८१ मा ४४ वटा सामुदायिक विद्यालयका दुई हजार ९२९ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमध्ये एक हजार २३३ जना उत्तीर्ण भएको धनगढी उपमहानगरपालिकाको युवा, खेलकुद तथा शिक्षा महाशाखाले जानकारी दिएको छ ।
गत शैक्षिकसत्रमा सामुदायिक विद्यालयका ३०.९७ प्रतिशत विद्यार्थी कक्षा ८ उत्तीर्ण भएका थिए । यसैगरी, संस्थागत विद्यालयबाट ८४.२१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ६३ संस्थागत विद्यालयका विद्यार्थी परीक्षामा सामेल भएका थिए ।
प्रतिक्रिया