ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

स्ववियु निर्वाचनः टीकापुर क्याम्पसमा एक हजार २५४ मत खस्यो

बुधबार २७, चैत २०८१ ०५:०७

टीकापुर । कैलालीको टीकापुर बहुमुखी क्याम्पसमा मतदान सम्पन्न भएको छ । आज भएको स्ववियु निर्वाचनमा एक हजार २५४ मत खसेको छ । निर्वाचन समितिका अनुसार कुल एक हजार ५८५ मध्ये एक हजार २५४ मत खसेको हो । 

बिहान ८ बजेदेखि सुरु भएको मतदान अपरान्ह ४ बजे सम्पन्न भएको छ । मतदान कार्य शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन समितिले जानकारी दिएको छ । निर्वाचन समितिका संयोजक आत्माराम अधिकारीले आजै मतगणना सुरु हुने बताएका छन् ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघ एक्लै र पाँच विद्यार्थी संगठनको संयुक्त प्यानलले भाग लिएका छन् । संयुक्त प्यानलमा संघीय सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले, प्रतिपक्षी नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीका साथै नागरिक उन्मुक्तिको विद्यार्थी संगठन र विप्लव निकट विद्यार्थी संगठनले एउटा प्यानल बनाएका छने । 

संयुक्त प्यानलको नेतृत्व अनेरास्ववियुका गोविन्दप्रसाद भण्डारीले गरेका छन् भने नेविसंघले अध्यक्षमा किरण साउँदलाई अघि सारेको छ । एकजना देवाशिष जंग थापाको सभापतिमा स्वतन्त्र उम्मेदवार छन् । 

निर्वाचनमा समानुपातिकतर्फ चार वटा विद्यार्थी संगठन छन् । जसमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु र नागरिक विद्यार्थी समाज रहेका छन् ।

प्रतिक्रिया