टीकापुर । कैलालीको टीकापुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रविन्द्रप्रसाद चौधरीले सम्हालेका छन् । उनले आजैबाट कामकाज सुरु गरेका हुन् ।
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले चौधरीलाई स्वागत गरेका छन् । नगरप्रमुख थारुले चौधरीलाई स्वागत गर्दै कार्य सफलताको शुभकामना व्यक्त गरे ।
नेपाल सरकारको उपसचिव रहेका चौधरी यसअघि कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा थिए । सामान्य प्रशासन मन्त्रालयले हालै चौधरीलाई सरुवा गरेको हो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका दमन चौधरीले स्वेच्छिक राजीनामा दिएका छन् । उनले चैत २१ गते राजीनामा दिएको टीकापुर नगरपालिकाका प्रशासकीय अधिकृत देवी आचार्यले जानकारी दिए ।
चौधरीले विगत डेढ वर्षदेखी पटकपटक निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।
प्रतिक्रिया