धनगढी । प्रहरीले कैलालीका विभिन्न ठाउँबाट लागूऔषधसहित छ जनालाई पक्राउ गरेको छ । टीकापुर नगरपालिका–१, बस्ने २१ वर्षीय बिशाल शाहीलाई चार ग्राम ६१० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित खक्रौला नाकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डबाट खटिएको टोलीले भारतबाट आइरहेका उनलाई शंकाको आधारमा चेकजाँच गर्दा प्लाष्टिकमा लुकाएर राखेको अवस्थामा लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै धनगढी उपमहानगरपालिका–१३, का प्रकाश रानालाई प्रहरीले गेटाबाट लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेको छ । उनको साथबाट एक ग्राम ३१० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार लम्कीचुहा नगरपालिका–४, लागूऔषध बिक्रीवितरण भइरहेको छ भन्ने सूचनाका आधारमा स्थानीय खेमराज जैसी धिरज चौधरीलाई पक्राउ गरिएको छ ।
उनीहरुको साथबाट लागूऔषधका ट्याब्लेटहरु फेला परेका प्रहरीले जनाएको छ । पक्राउ परेका चारैजनाविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले बताए ।
प्रतिक्रिया