धनगढी । कञ्चनपुरमा रहेको महाकाली प्रादेशिक अस्पतालको फेसबुक स्टाटस भाइरल भएको छ । शिक्षक आन्दोलनको विषयमा अस्पतालको पेजमा स्टाटस लेखिएपछि भाइरल भएको हो ।
‘आन्दोलनरत निजी विद्यालयका शिक्षकहरु वास्तविक पीडित हुन्,’ अस्पतालको फेसबुक पेजमा राखिएको स्टाटसमा लेखिएको छ, ‘तर, सञ्चालकले तिनीहरुका माग कुनै पनि हालतमा सम्बोधन हुन नदिने पक्का छ । सामुदायिक विद्यालयका आधा जसो शिक्षक नेताहरुका कार्यकर्ता हुन् । त्यसैले नेताहरुको अन्तिम आशिर्वाद स्वरुप ऐन माग्दै छन् । किनकि बहुसंख्यक नेताहरु केही समयपछि जनताद्वारा लखेटिने निश्चित छ ।’
स्टाटस भाइरल भएपछि महाकाली प्रादेशिक अस्पतालले मानवीय त्रुटिका कारण असम्बन्धित विषयमा स्टाटस पोस्ट भएको जनाएको छ । अस्पताल प्रशासनले विज्ञप्ति जारी गर्दै उक्त सामाग्री अस्पतालको उद्येश्य, नीति तथा कार्यशैलीसंग कुनै पनि सम्बन्ध नरहेको जनाएको छ ।
पोस्ट कसले ग¥यो भन्ने विषयमा आन्तरिक रुपमा छानबिन थालिएको पनि जनाइएको छ । मानवीय त्रुटिका कारण पोस्ट भएको स्टाटस जानकारीमा आउने वित्तिकै फेसबुक पेजबाट हटाइएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया