धनगढी । उपनिर्वाचनअन्तर्गत सुदूरपश्चिमका पाँच स्थानमा मतदान सुरु भएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार आइतबार बिहान ७ बजेदेखि नै पाँच वटै स्थानमा मतदान सुरु भएको हो ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि उपनिर्वाचन भइरहेकोमा बिहान ७ बजेदेखि मतदान सुरु भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारी दिए । उनका अनुसार त्यहाँ ५० मत खसिसकेका छन् ।
यस्तै दार्चुलाको दुहुँ गाउँपालिका–५, डोटीको पुर्वीचौकी गाउँपालिका–६, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ र बझाङको सुर्मा गाउँपालिका–४ मा पनि मतदान सुरु भएको भट्टले जानकारी दिए । त्यहाँ वडा अध्यक्ष पदका लागि उपनिर्वाचन भइरहेको छ ।
प्रतिक्रिया