ट्रेन्डिङ

२४ घण्टाका ट्रेन्डिङ अपडेट

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीको समन्वय प्रमुखमा निर्वाचित चौधरीलाई दिइयो प्रमाणपत्र

आइतबार १६, मङि्सर २०८१ १२:२०

धनगढी । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा निर्विरोध निर्वाचित नेपाली कांग्रेसकी टीकाकुमारी चौधरी भुललाई प्रमाणपत्र वितरण गरिएको छ । 

आइतबार चौधरीलाई प्रमाणपत्र हस्तान्तरण गरिएको प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले जानकारी दिए । यसअघि नै नागरिक उन्मुक्ति पार्टीकी रुपमती डगौरा थारूले जिसस प्रमुखमा दिएको उम्मेदवारी फिर्ता लिएपछि कांग्रेसकी चौधरी निर्विरोध निर्वाचित भएकी थिइन् । 

भुल कैलारी गाउँपालिका–२ बाट दलित महिला सदस्यमा विजयी भएकी थिइन् । एमालेको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएकी थिइन् ।  कांग्रेसबाट जिल्ला समन्वय समिति, कैलालीको प्रमुखमा विजयी भएका पदमबहादुर कलेलको २३ पुस २०७९ मा निधन भएपछि सो पदमा उपनिर्वाचन भएको हो । 

प्रतिक्रिया