ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम लोकसेवाले गर्‍यो परीक्षा स्थगित, यस्तो छ कारण

बिहिबार २५, बैशाख २०८२ १२:४१

धनगढी । प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेशपछि परीक्षा स्थगित गरेको छ । आयोगले गतवर्ष फागुन २० गते जारी गरेको प्रदेश निजामती सेवाका अधिकृत नवौं तहका अप्राविधिक÷प्राविधक पदहरुको ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवा र कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवाको विज्ञापन परिपूर्तिका लागि तय गरेको परीक्षा स्थगित गरेको हो । 

‘यस आयोगमा मिति २०८२ वैशाख २४ मा प्राप्त भएको सो अल्पकालीन आदेश बमोजिम सर्वोच्च अदालतबाट अर्को आदेश नभएसम्म हाललाई उक्त सूचना बमोजिमका परीक्षा सम्बन्धी कार्यहरू अगाडि नबढाई यथास्थितिमा राखी परीक्षा कार्यक्रम स्थगित भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गर्ने भनी आयोगले २०८२ वैशाख २४ मा निर्णय भएकोले सोही ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ आयोगका शाखा अधिकृत मिना जोशीले एक सूचना जारी गर्दै जानकारी गराएकी छिन् ।

प्रदेश लोक सेवा आयोगले २० फागुनमा खोलेको विज्ञापनमा अप्राविधिक तर्फ ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा सामान्य प्रशासनबाट सात जना र राजश्वबाट एक जना तथा कार्यक्षमताको मूल्याङ्कनको आधारमा प्राविधिकतर्फ सामान्य प्रशासनबाट सात जना र राजश्वबाट एक जनालाई बढुवा गर्ने सूचना जारी गरेको थियो । 

आयोगले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा प्राविधिकका विभिन्न ३० पदमा ३५ जना र कार्य क्षमताको मूल्याङ्कनको आधारमा प्राविधिकतर्फ ४९ पदमा ५० जनाको विज्ञापन खुल्ला गरेको थियो । 

उक्त विज्ञापनपछि सर्वोच्चमा रिट परेको थियो । रिट दिएको भोलीपल्टै अदालतले आयोगलाई तत्काल परीक्षा रोक्न भनेपछि आयोगले अहिले परीक्षा रोकिएको जानकारी गराएको हो । सर्वोच्चको आदेशसँगै २६ गतेदेखि सुरु हुने भनिएको परीक्षा रोकिएको हो ।

 

प्रतिक्रिया