ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

निर्वाचनमा २ लाख २१ हजार कर्मचारीलाई खटाइने

शुक्रबार १५, फागुन २०८२ १२:५४

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर २ लाख २१ हजार कर्मचारी खटिने भएका छन् । ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ केन्द्र र समानुपातिकमा मात्र मत हाल्ने १४३ अस्थायी केन्द्रमा गरी उक्त सङ्ख्यामा कर्मचारी खटाइने भएको हो । 

निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले ५०० भन्दा बढी मतदाता भएका केन्द्रमा ९ जना र ५०० भन्दा कम मतदाता भएका केन्द्रमा ८  जना कर्मचारी खटाउने व्यवस्था मिलाइएको बताए । मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिएपछि केन्द्रमा खटिने अरु कर्मचारीलाई मतदान अधिकृतले नै प्रशिक्षण दिने व्यवस्था मिलाइएको पनि आयोगले जनाएको छ । 

निर्वाचनका लागि निर्वाचन सामग्री र मतपत्र बिहीबार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुगिसकेको आयोगले जनाएको छ ।

प्रतिक्रिया