डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिका- ४ मा रहेको दुर्गा प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरिएको छ ।
समाजसेवी तथा युवा व्यवसायी घनश्याम भट्ट नेतृत्वको ‘खान पुगोस् दिन पुगोस’ अभियानअन्तर्गत पहाडी जिल्लामा सुरु गरेको ‘विद्यार्थीसंग हामी’ कार्यक्रमले विद्यालयमा रहेका १८ जना बालबालिकाहरूलाई विद्यालय पोशाक हस्तान्तरण गरिएको हो ।
खान पुगोस् दिन पुगोस् अभियानअन्तर्गत सुदूरपश्चिम प्रदेशका पडाडी जिल्लामा गरिव, विपन्न, दलित बर्गलाई लक्षित गरि ‘विद्यार्थीसंग हामी’ कार्यक्रमको सुरुवात गरिएको खान पुगोस् दिन पुगोस् अभियानका संयोजक घनश्याम भट्टले बताए ।
सोही कार्यक्रमअन्तर्गत आइतबार डडेल्धुराको नवदुर्गा गाउँपालिका-१ मा रहेको दुर्गा प्राथमिक विद्यालयमा अध्ययनरत १८ बालबालिकालाई ड्रेस,बेल्ट टाई वितरण गरिएको संयोजक भट्ट बताए ।
उनले सकारात्मक सोच भएका युवाहरुको पहलमा आर्थिक संकलन गरि पहाडी जिल्लामा ‘विद्यार्थीसंग हामी’ कार्यक्रम थालिएको र दुरदराजमा रहेका विद्यालयमा पुगेर गरिव विपन्न विद्यार्थीलाई सहयोग गरिने जानकारी दिए ।
विद्यालयका प्रधानाध्यापक खडकबहादुर बिष्टले विद्यालयमा विपन्न समुदायका बालबालिकाहरु अध्ययन गर्दै आएको बताए । स्वस्फूर्त रुपमा युवाले आर्थिक संकलनबाट आफ्नो विद्यालयमै आएर बालबालिकाले पोशाक सहयोग पाउँदा निकै खुसी लागेको उनले बताए ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरू नयाँ पोसाक पाएपछि खुसी भएका थिए । पोसाक वितरण कार्यक्रममा समाजसेवी इश्वरी बिष्ट, साबु राना, हेमन्त मल्ललगायत सुरक्षाकर्मी, जनप्रतिनिधि, अभिभावकहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया