ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली प्रहरी प्रमुख राणा भन्छन्– सबैभन्दा पहिले पुलिस ठिक हुनुपर्छ

मङ्गलबार ३०, बैशाख २०८२ ०३:१४

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले सबैभन्दा पहिले प्रहरी ठिक हुनुपर्ने बताएका छन् । जनताले चाहे बमोजिम सेवा प्रवाह गर्नका लागि सबैभन्दा पहिले पुलिस ठिक हुनुपर्ने एसपी राणाले बताएका हन् । 

केही दिनअघि कैलाली सरुवा भएर आएका एसपी राणाले मंगलबार पत्रकारसँगको भेटघाटमा भने, ‘पुलिसले पुलिसकै काम गरोस् भन्ने जनताले चाहेका हुन्छन् । पहिला हामी सुध्रिन्छौ । त्यसपछि बल्ल सेवा प्रभाव गर्ने भनेर अहिले हामी प्रहरीको आचरण सुधारमा लागेका छौं ।’ 

उनले अहिले नै यो वा त्यो गर्ने भन्ने अवस्था नरहेको बताउँदै आफ्नो कामको मूल्यांकन गरिदिन जिल्लावासीलाई आग्रह गरे । 

प्रतिक्रिया