नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियालाई लिएर अर्थशास्त्री डा. विश्व पौडेलविरुद्ध मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २१(क) विपरीत राजनीतिक दलको सदस्य वा पदाधिकारीलाई गभर्नर नियुक्त गर्न लागिएको दाबी गर्दै अधिवक्ताद्वय प्रतीभा उप्रेती र विशाल थापाले रिट दायर गरेका हुन् ।
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच पौडेललाई गभर्नर बनाउने सहमति भएको चर्चाका बीच यो रिट दायर भएको हो ।
यसअघि गभर्नर नियुक्तिका लागि सहमति भएको भनिएका डा. गुणकर भट्टविरुद्ध पनि सर्वोच्चमा रिट दायर भएको थियो ।
प्रतिक्रिया