धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले स्थानीय सेवा ऐन चाँडै जारी गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ ।
नगर प्रमुख गोपाल हमालले मुख्यमन्त्री कमलबहादुर शाहलाई ध्यानाकर्षणपत्र पठाउँदै ऐन चाँडै बनाउन आग्रह गरेका हुन् । विचाराधीन अवस्थामा रहेको यो ऐन चाँडै जारीका लागि स्थानीय तहमा कार्यरत कर्मचारीले दबाबमूलक आन्दोलन गर्दै आएका छन् ।
कर्मचारीको आन्दोलनले कार्यालयको कामकाज र सेवा प्रवाहमा समस्या भएको भन्दै नगर प्रमुख हमालले कानुनी प्रक्रिया छिट्टै पूरा गरेर चाँडै ऐन जारी गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया