धनगढी । हावाहुरीका कारण ढलेको रुखले च्यापिएर शुक्रबार कैलालीमा पूर्वक्याम्पस प्रमुखको मृत्यु भएको छ । राष्ट्रिय कलेज सुखडका पूर्वक्याम्पस प्रमुख कर्ण भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश अवस्थीले जानकारी दिए ।
उनका अनुसार आज बिहान करिब ९ बजेको समयमा आएको हावाहुरीका कारण घर नजिकै रहेको सालको ढलेको रुखले चोट लाग्दा भण्डारी गम्भीर घाइते भएका थिए ।
टाउकोमा गहिरो चोट लागि गम्भीर भएका भण्डारीलाई उपचारका लागि घोडाघोडी अस्पताल सुखड पुर्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा रिफर गरिएको थियो । भण्डारीको उपचारका क्रममा १२ः४० बजे मृत्यु भएको अवस्थीले जानकारी दिए ।
प्रतिक्रिया