बाजुरा । बाजुरामा जीप दुर्घटना हुँदा चालकसहित छ जना घाइते भएका छन् । कोल्टी बजारबाट हिमाली गाउँपालिका–६, धुलाचौरतर्फ जाँदै गरेको म १ ज २३३ नम्बरको जीप सिउडी खोलामा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनकबहादुर बोहराका अनुसार कर्णाली करिडोरमा जीप अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल कर्णाली नदीमाथि रहेको रुखमा अड्किएको थियो ।
दुर्घटनामा घाइते हुनेमा चालक सविन बोहरा (२०), रंगीता बुढा (१८), जुनिता बुढा, विवेक बुढा (२९), अस्मिता शाही (२२) र विज्ञान सार्की (१८) रहेका छन्। घाइतेहरूको अवस्था मध्यम रहेको र उनीहरूको कोल्टी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया