ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

पत्रकार ओझालाई पतिशोक

आइतबार ०४, जेठ २०८२ ०२:२५

धनगढी । पत्रकार ऋतु ओझालाई पतिशोक परेको छ । नेपाल पत्रकार महासंघ बैतडीकी उपाध्यक्ष ओझाका श्रीमान चूडामणि ओझाको निधन भएको हो । 

उनी सशस्त्र प्रहरीका जवान हुन् । ओझाको आइतबार उपचारका क्रममा सशस्त्र प्रहरीको अस्पताल, काठमाडौँमा निधन भएको हो ।

उनी बैतडीको मेलौली नगरपालिका–६ गाजरीका स्थायी बासिन्दा हुन् । उनको टाउँकोको शल्यक्रिया गरिएको थियो ।

शल्यक्रियापछि उनी लामो समयदेखि सशस्त्र प्रहरीको अस्पतालको आइसीयूमा उपचाररत थिए । पत्रकार ओझा दिनेशखबरमा कार्यरत छिन्। 

प्रतिक्रिया