ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

प्रधानमन्त्री ओली अस्वस्थ

मङ्गलबार ०६, जेठ २०८२ ११:११

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएको छ । स्वास्थ्यमा समस्या आएपछि संसदमा आज सांसदहरूसँग प्रधानमन्त्रीको प्रश्नोत्तर नहुने भएको छ ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओली अस्वस्थ भएकाले संसद जान नसक्ने बताए ।

यसअघि सोमबारको मन्त्रिपरिषद् बैठक र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेट पनि स्वास्थ्यका कारण हुन नसकेको बताइएको थियो ।

प्रतिक्रिया