ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

महिलालाई बाटैमा सुत्केरी गराउने जवानलाई आईजीपीको पनि पुरस्कार

बुधबार ०७, जेठ २०८२ ०५:४६

धनगढी । कैलालीको गोदावरी नगरपालिका–१ मा सुत्केरी व्यथाले छट्पटाइरहेको अवस्थामा भेटिएकी महिलालाई सुत्केरी गराउने प्रहरी जवानलाई प्रहरी महानिरीक्षक (आईजीपी) ले पुरस्कृत गरेका छन् ।

आईजीपी दीपक थापाले सडक छेउमा सुत्केरी गराउन सहयोग गर्ने प्रहरी जवान चन्द्रिकाकुमारी देउवालाई पुरस्कृत गरेका हुन् । उनको यो कामले प्रहरीको छविलाई उँचो बनाउने काम गरेको भन्दै आईजीपी थापाले पुरस्कृत गरेका हुन् ।

यसअघि जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार देउवालाई प्रसंशापत्र र रेकर्डमा जाने गरी पुरस्कृत गरेको थियो । प्रहरी चौकी खैरानामा कार्यरत प्रहरी जवान देउवाले सडकमा छट्पटिरहेको चन्द्रा आचार्यलाई सुत्केरी गराएकी थिइन् । आचार्यलाई पनि पद्‍मा अस्पताल पुर्‍याइएको थियो ।

May be an image of 5 people and text that says 'दैणारन बंलही परहते पह्री राहद्रासी सेवासारकणाभ पुरस्कृत गरिएको จแวส मिति २०८२ 1O2 10& गते जिल्ला कैलाली गोदावरी न.पा.-१ चैतन्यपुरको सडकमा प्रसव पीडाले छदपटिएकी महिलालाई देखेपछ एक व्यकि्तिको घरको आँगनमा ल्याई सुरक्षित तरिकाले प्रसुती गराई आमा र बच्चाको ज्यान जोगाई प्रहरिको छविलाई उच्च बनाउन प्रशंसनीय भूमिका निर्वाह गरेको हूँदा अस्थायी प्रहरी बिट खैराना, कैलालीमा कार्यरत प्र.ज. चन्द्रीका कुमारी देउवालाई प्रहरी महानिरीक्षक दिपक थापाज्युद्वारा पुरस्कत गरिषको व्यहोरा जानकारी गराऊदछों। 心'

प्रतिक्रिया