ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

गृह मन्त्रालयका सहसचिव भट्टराई अख्तियारको नियन्त्रणमा

बुधबार ०७, जेठ २०८२ ०५:५६

गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेका छन् । 

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सहसचिव भट्टराईलाई नियन्त्रणमा लिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत भट्टराईको मंगलबार मात्रै गृह मन्त्रालयमा सरुवा भएको थियो ।

भट्टराईको सुरुवा भएको भोलिपल्टै (बुधबार) अख्तियारले अध्यागमन कार्यालयमा छापा मारेको थियो । भट्टराईको स्थानमा पाँचथरमा प्रमुख जिल्ला अधिकारी रहेका विष्णुप्रसाद कोइरालाको सरुवा भएको छ ।

भट्टराईलाई किन नियन्त्रणमा लिएको हो भन्नेबारेमा अख्तियारले केही सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया