धनगढी । नेविसंघका पूर्वसहमहामन्त्रीसमेत रहेका नेपाली कांग्रेस कञ्चनपुरस्थित भीमदत्त नगर सभापति अच्युतराज कलौनीको स्मृतिमा स्थापना गरिने अक्षयकोषका लागि रकम हस्तान्तरण गरिएको छ ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले बैजनाथ नमूना माध्यमिक विद्यालयमा कलौनीको स्मृतिमा अक्षयकोष स्थापना गर्ने घोषणा गरे अनुसार बिहीबार रकम हस्तान्तरण गरेका हुन् ।
अक्षयकोषका लागि दुई लाख रुपैयाँ अच्युतराजका पिता जनकराजलाई हस्तान्तरण गरिएको अध्यक्ष शेर्पाले जानकारी दिए ।
कलौनी गतवर्ष माघ १९ गते भीमदत्त नगरपालिका– १८ कटान मामाभान्जा चोक क्षेत्रमा मृत फेला परेका थिए ।
प्रतिक्रिया