ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

पक्राउ परेका नगर प्रहरीलाई १० दिन थुनामा राख्ने अनुमति

सोमबार १२, जेठ २०८२ ०६:२१

धनगढी । कैलाली भन्सार कार्यालयका प्रमुख अनन्तराज तिम्सिनामाथि कुटपिट घटनामा पक्राउ परेका नगर प्रहरीलाई जिल्ला प्रहरी कार्यालयले अभद्र व्यवहार मुद्दामा कारबाही प्रकृया अगाडि बढाएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले पक्राउ परेका चारै जनालाई १० दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयबाट अनुमित लिइएको जानकारी दिए ।
भन्सार प्रमुख तिम्सिनाको जाहेरीका आधारमा कुटपिटमा संलग्नलाई अभद्र व्यवहार मुद्दामा कारबाही प्रकृया अगाडि बढाइएको उनले जानकारी दिए ।

भन्सार प्रमुखमाथि कुटपिटको आरोपमा धनगढी उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख लक्ष्मणसिंह धामी, उनका सवारी चालक रतन मल्ल, नगर प्रहरी हवल्दार मणीदत्त भट्ट र नगर प्रहरी जवान जितेन्द्रसिंह धामीलाई पक्राउ गरेको छ । 

भन्सार कार्यालय परिसरभित्र शनिबार राती तिम्सिनामाथि कुटपिट भएको थियो । छ लेन सडकको मिडियनमा लगाएको तारजाली भाँचेर भागेको गाडी खोज्न राती भन्सार पुगेका नगर प्रहरी र भन्सार प्रमुखबीच भन्सार कार्यालय अगाडि विवाद भएको थियो । 

प्रतिक्रिया