ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका अतिसंवेदनशील जिल्लामा चुनावी सुरक्षाको अवस्था बुझ्न गृहमन्त्री आउँदै

आइतबार १७, फागुन २०८२ ११:३७

अछाम ।  गृहमन्त्री ओमप्रकाश अर्याल आज सुदूरपश्चिम आउँदै छन् । सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशील सूचीमा राखिएका जिल्लाको अवस्था बुझ्न गृहमन्त्री अर्याल सुदूरपश्चिम आइरहेका हुन् । 

गृहमन्त्री अर्यालले प्रदेशका बझाङ, बाजुरा र अछाम जिल्लामा पुगेर विभिन्न मतदान स्थलको स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

गृहमन्त्री अर्याल आज दिउँसो १२ बजे अछामको पञ्चदेवल विनायक नगरपालिका आइपुग्ने कार्यक्रम रहेको अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले बताए । 

मन्त्रिस्तरीय भ्रमणलाई लक्षित गरी जिल्लामा सुरक्षा सतर्कता थप कडा पारिएको प्रशासनले जनाएको छ । 

प्रतिक्रिया