प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष विजय चालिसेको निधन भएको छ ।
संस्थापक अध्यक्ष चालिसेको शुक्रबार बिहान साढे ९ बजे ७४ वर्षको उमेरमा निधन भएको हो । चालिसे गोरखापत्र दैनिकका पूर्वसम्पादक पनि हुन् ।
चालिसेको गोकर्णेश्वर घाटमा अन्तिम संस्कार गरिने प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले जानकारी दिए ।
प्रतिक्रिया