ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बोगटान फुड्सिलमा ‘मातृभूमि महोत्सव’

शुक्रबार १६, जेठ २०८२ ०५:१६

दीपायल । डोटीको बोगटान फुड्सिल  गाउँपालिकामा मातृभूमि महोत्सव भएको छ । समृद्ध बोगटानको मूल नाराका साथ गाउँपालिकाद्वारा आयोजित महोत्सवको एक समारोहकाबीच पालिका अध्यक्ष कमल गड्सिलाले उद्घाटन गरेका थिए । 

बोगटानको चवरा चौतारास्थित खत्याडी माविमा आयोजित महोत्सवमा बोगटान क्षेत्रको कला, साहित्य, संस्कृति, संकार,  सम्पदा र बोगटान  क्षेत्रको समृद्धिका आधारबारे विभिन्न बक्ताले परिचर्चा गरेका थिए । 

बोगटान क्षेत्र कला, संस्कृति र प्रकृतिको अथाह भण्डार रहेको चर्चा गर्दै अध्यक्ष गड्सिलाले पालिकाको समृद्धिसँग कला, संस्कृति, प्रकृति, पर्यटन र स्थानीय उत्पादन जोडिएकोले बोगटानको समृद्धिका लागि प्रत्येक वर्ष महोत्सव आयोजना गरिने बताए । उनले महोत्सवका माध्यमबाट अन्यत्र छरिएका बोगटानीहरूलाई पनि जोड्दै लगिने र सबैको सहयोगमा समृद्ध बोगटान अभिष्टलाई पूरा गरिने बताए ।

महोत्सवमा मदन पुरस्कार विजेता लेखक रामलाल जोशीले बोगटान क्षेत्रको कला, संस्कृति, संस्कार र पहिचान विशेष प्रकारको रहेकोले बोगटानको पहिचानका रुपमा जोगाइराख्नु पर्ने बताए । बोगटानबाट बसाइ सरेर अन्यत्र गएकाहरूले आफ्नो मातृभूमिको समृद्धमा योगदान पुर्‍याउन बोगटान गाउँपालिकाले थालेको समृद्ध बोगटान अभियानमा जोडिनुपर्ने र सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

महोत्सवमा क्रिकेटको माध्यमले योगदान गरी राष्ट्रिय र अन्तर्रास्ट्रिय रुपमा बोगटान चिनाउने क्रिकेटर लोकेश बमलाई एक लाख राशीको पुरस्कारले सम्मानित गरिएको थियो । पुरस्कार ग्रहण गर्दै खेलाडी लोकेश बमले आफूलाई आफ्नो पालिकाका अध्यक्षले सम्झेर सम्मान गरिएकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिए ।

प्रतिक्रिया