बैतडी । बैतडीमा ट्रकको ठक्करबाट पैदलयात्रा गरिरहेका एक वृद्धको मृत्यु भएको छ । मिनी टाटा ट्रकले सतबाझ–श्रीभाबर भित्री सडक खण्डमा ब्याक गर्ने क्रममा स्थानीय सुर्नया गाउँपालिका–५ का ८१ वर्षीय महावीर बिष्टलाई ठक्कर दिएर उनको मृत्यु भएको हो ।
सुपप्र ०१–००१ क १८१३ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते भएका बिष्टको उपचारका लागि धनगढी ल्याउने क्रममा गयराती बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
दुर्घटनापछि मिनी ट्रक र चालक सुर्नया गाउँपालिका–२, ग्वानी निवासी ३१ वर्षीय मानसिंह बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया