धनगढी । कैलाली र कञ्चनपुरका किसानबाट पावरटिलर मेसिन दिने भन्दै रकम असुली भइरहेको खुलेको छ । उक्त ठगीमा संलग्न रहेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
सुरो नेपालकी अध्यक्ष सुशिला खड्का ओझा र किसानबाट रकम असुलीमा संलग्न रहेकी धनगढीको बंग्रा घर भएकी सुनिता चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले काठमाडौंबाट पक्राउ परेका दुबै महिलालाई कञ्चनपुर ल्याएर अनुसन्धान थालिएको छ ।
‘किसान समूहरुले दुबै जनाले ठगी गरेको जाहेरी दिएपछि पक्राउ गरेर अनुसन्धान थालेका छौं,’ डीएसपी बोहराले भने, ‘कञ्चनपुरमा मात्रै ६० लाख ठगी गरेको आरोप छ । कैलालीबाट पनि ठगी भएको भन्दै गुनासो आएको छ ।’
उनीहरुले प्रति किसानबाट ५० हजारदेखि एक लाख ३० हजार रुपैयाँसम्म रकम संकलन गरेको आरोप छ ।
प्रतिक्रिया