ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डोटीमा जिप दुर्घटना, ८ जना घाइते

आइतबार १८, जेठ २०८२ ११:५२

धनगढी । डोटीमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । जिल्लाको बोगटान गाउँपालिकाबाट दीपायलतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ज १४६४ नम्बरको बोलेरो जिप केआइसिंह गाउपालिका– ५ केदारगाउँमा दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक दीपेन्द्र पालका अनुसार जीप चालक कैलालीको धनगढी उपमहानगरपालिका– १८ फुलवारीका २४ वर्षीय हरिचन्द्र चौधरी, डोटीको बोगटान फुड्सिल गाउँपालिका–६ गगुडा बस्ने ४२ वर्षीय मिनबहादुर बम, ५० वर्षीया चनादेवी चन्द, ४० वर्षीया महेश्वरादेवी चन्द, ४२ वर्षीया बिर्मादेवी चन्द, केआइसिंह गाउँपालिका–४ वायलका ४७ वर्षीय नरेशप्रसाद जोशी, डडेल्धुराको गन्यापधुरा गाउँपालिका– ३ सकायलकी २३ वर्षीया राधिका देउवा र उनकी दुई वर्षीया छोरी रियान्सा देउवा घाइते भएकी हुन् ।

घाइतेमध्ये मिनबहादुर बम र चनादेवी चन्दको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया