कैलाली । सुदूरपश्चिम प्रदेशमा रहेका यातायात व्यवसायी र मजदुरहरु आन्दोलनमा उत्रिएका छन् । गण्डकी प्रदेश सरकारले हालै ल्याएको ऐनको विरोध गर्दै सुदूरपश्चिमका यातायात व्यवसायीहरु पनि आन्दोलनमा उत्रिएका छन् ।
आन्दोलनका कार्यक्रमअन्तर्गत लामो दूरीका सार्वजनिक सवारीसाधन आजैदेखि ठप्प पारिएको नेपाल यातायात व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समितिका संयोजक टेकराज जोशीले बताए । ‘आजदेखि लामो दूरीमा यातायात ठप्प पारिएको छ,’ जोशीले भने, ‘भोलिदेखि सबै दूरीमा सार्वजनिक यातायात पूर्ण रुपमा ठप्प हुन्छ ।’
गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे निजी सवारीसाधनले पनि यात्रु ओसारपोसार गर्ने पाउने गरी ऐन ल्याएपछि त्यसको विरोधमा देशभरका यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएको सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले बताए ।
यस्तै आन्दोलनका कार्यक्रमअन्तर्गत नै आज धनगढी बसपार्कमा भेला भएका यातायात व्यवसायी र मजदुरहरुले आलो पट्टी र सवारीसाधनमा कालो झण्डा लगाएका छन् ।
प्रतिक्रिया