धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आज सार्वजनिक गर्दै छ ।
संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले असार १ गते प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्नेमा सोही तयारी सुदूरपश्चिम सरकारको पनि छ ।
प्रदेश सरकारको बजेट प्रस्तुतिका लागि आज बेलुका ५ बजे प्रदेशसभाको बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशको आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले भने, ‘बजेटको काम लगभग पूरा भएको छ । केही बाँकी छ । आज बिहान सक्छौं ।’
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३० अर्ब हाराहारीको बजेट ल्याउने जनाएको छ । चालु आर्थिक वर्षको लागि भने प्रदेश सरकारले ३१ अर्ब ५३ करोडकाे बजेट ल्याएकाे थियो ।
प्रतिक्रिया