ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

रामहरि खतिवडाले भने– दोषी देखिए कारबाही भोग्न तयार छु

मङ्गलबार १७, असार २०८२ १२:५२

काठमाडौं । राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले समितिबाट सर्वसम्मत पास भएको संघीय निजामती सेवा विधेयकमा एउटा दफा नै थपिएको बताएका छन् । यस्तो गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने धारणा समेत राखेका छन् ।

आज सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै सभापति खतिवडाले भने, ‘हामीले जे पास गरेका थियौं त्यसको ठिक मुनि एउटा दफा थपिएर पछिबाट सदनमा गएको हामीले फेला पार्‍यौं । यो कसको गल्तीबाट भएको छ त्यसलाई कानुनको दायरामा ल्याउनुपर्छ ।’

खतिवडाले आफूमाथि छानबिन माग गरेका छन् र दोषी देखिए कारबाहीको भोग्न तयार भएको बताएका छन् । ‘म आफैंमाथि पनि आवश्यक छानबिन होस् र दोषी देखिए कारबाहीको दायरामा आउन चाहन्छु । यसमा छानबिनका लागि सभामुखलाई नै आग्रह गरेका छौं,’ खतिवडाले भने ।

कांग्रेस नेता समेत रहेका सभापति खतिवडाले समितिबाट पास भएको प्रतिवेदन प्रतिनिधि सभाबाट पास हुँदा एउटा दफा नै थपिएर आएको भन्दै यसमा छानबिन हुनुपर्ने बताए ।

प्रतिक्रिया