ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

गोदावरीमा अपाङ्गता पहिचान घुम्ती शिविर

बिहिबार १९, असार २०८२ ०७:३६

धनगढी । कैलालीको गोदावरी नगरपालिका–११, गौडीस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा अपाङ्गता पहिचान परीक्षण घुम्ती शिविर सञ्चालन गरिएको छ । 

अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा एक सय आठ जना सेवाग्राहीले परीक्षण सेवा लिएका आयोजकले जनाएको छ । अपाङ्गता पहिचानका लागि परीक्षण गरिएको हो । 

कोशिश कैलाली नामक संस्थाको आयोजना भएको कार्यक्रममा प्राविधिक सहयोग नवजीन अस्पतालमा कार्यरत डाक्टरहरु र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ कैलालीले गरेको थियो । घुम्ती शिविर सञ्चालनमा गोदावरी नगरपालिका तथा युएन वुमेनको सहजीकरण र अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालको सहकार्य रहेको थियो ।

व्यक्तिको अपाङ्गता पहिचान तथा अपाङ्गतास्तर वर्गीकरणका लागि शिविर सञ्चालन गरिएको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ कैलालीका उपाध्यक्ष विज्ञान भट्टले जानकारी दिए । समावेशी सेवा प्रवाह र अपाङ्गता भएका व्यक्तिहरुको हकअधिकारको सुनिश्चित गर्न यस्ता शिविरहरुबाट महत्वपूर्ण योगदान पुग्ने भट्टले बताए । 

प्रतिक्रिया