ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा आजदेखि शिवपुरी धर्मोत्सव, ११ करोड दीप प्रज्वलन गरिने

आइतबार २२, असार २०८२ ०८:१२

धनगढी । कैलालीको धनगढीमा श्रीमद्–हरिहर चतुर्मास अनुष्ठान तथा शिवपुरी धर्मोत्सव सुरु हुँदै छ । नमुना गुरुकुल स्थापनाको उद्देश्यसहित सत्य सेवा प्रतिष्ठानले हरिहर चतुर्मास अनुष्ठान तथा शिवपुरी धर्मोत्सव आयोजना गरेको हो । 

आजदेखि कात्तिक १९ गतेसम्म शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धाममा धर्मोत्सव सञ्चालन हुने भएको हो । वैदिक संस्कार, संस्कृति र शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यसहित सुदूरपश्चिमका लोक कलाको संरक्षणमा समेत सहयोग पुग्ने गरी धर्मोत्सव आयोजना गरिएको चतुर्मास अनुष्ठानका संकल्पकर्ता आचार्य सत्यराज अवस्थीले जानकारी दिए । 

अनुष्ठानले सुदूरपश्चिममा धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै संस्कारयुक्त समाज निर्माणमा समेत टेवा पु¥याउने अवस्थीको अपेक्षा छ । धर्मोत्सवमा विद्यालयस्तरीय विविध प्रतियोगिता र लागुपदार्थ दुव्र्यसनलाई निराकरण गर्न समेत सचेतनामुलक संवाद चलाउने संकल्पकर्ता अवस्थीले बताए ।

चतुर्मास अनुष्ठानमा गौरा महोत्सव, तीज महोत्सव, कृष्ण जन्माष्टमी महोत्सव, नवरात्री विशेष, दीपावली विशेषका कार्यक्रम हुने बताइएको छ । 

अनुष्ठान अवधिभर ११ करोड दीप प्रज्वलन गरिनुको साथै सवा करोड बेलपत्रमा पूजा गरिने पनि बताइएको छ । यस्तै भारतको वाराणसीको गंगाघाटमा हुने श्रृङ्गारिक महाआरती हुने पनि मूल आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया