ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

नौ जिल्लामै ब्लड बैंक स्थापनाका लागि गृहकार्य भइरहेको छ : राज्यमन्त्री खड्का

सोमबार २३, असार २०८२ ०३:११

धनगढी । कैलालीको धनगढीमा पत्रकार लक्षित रक्तदान सचेतनामुलक कार्यक्रम गरिएको छ । सामाजिक विकास मन्त्रालयको सहयोग तथा नेपाल प्रेस युनियन कैलालीको आयोजनामा रक्तदातालाई रक्तदान गर्न प्रेरित गर्ने उद्देश्यसहित सोमबार सो सचेतनामुलक कार्यक्रम गरिएको हो ।

नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष सीताराम ओझाको अध्यक्षतामा भएको कार्यक्रमको उद्धाटन सामाजिक विकास राज्यमन्त्री सरस्वती खडकाले गरेकी थिइन । सो अवसरमा उनले रक्तदान अहिलेको आवश्यकता रहेको बताइन् । उनले विशेषतः विरामीहरुको ज्यान जोगाउन रगत आवश्यक पर्ने भएकाले त्यसको पुर्ति गर्न सबैले रक्तदान गर्न जरुरी रहेको बताइन ।

सुदूरपश्चिमका केही सीमित जिल्लामा मात्र ब्लड बैंक स्थापना गरिएको औल्याउँदै उनले भनिन्,  ‘मन्त्रालयले छिट्टै नौ वटै जिल्लामा ब्लड बैंक स्थापनाका लागि गृहकार्य गरिरहेको छ ।’

रक्तदानले समुदायमा ठूलो योगदान पुग्ने पनि उनले बताइन् । सो कार्यक्रममा रक्तदान सद्भावना दुत दीपक उपाध्याय र पत्रकार प्रदिप पाठकले रगत दिँदा हुने फाइदा र समाजमा पर्ने सक्ने सकारात्मक प्रभाव, रक्तदानको सकारात्मक पक्ष लगायतका बिषयमा प्रस्तुतिकरण गरेका थिए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष भरत शाह, कैलाली जिल्ला अध्यक्ष श्रवण देउवा, प्रेस युनियनका केन्द्रीय सदस्य हिमाल जोशी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल प्रेस युनियन कैलालीका उपाध्यक्ष सुनिल आउजीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव शंकर बोहराले गरेका थिए भने कोषाध्यक्ष गगन अयडीले सहभागिहरुलाई धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया