ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुरामा कांग्रेसले मात्रै गरिरहेको छ चुनावी आमसभा

बुधबार १३, फागुन २०८२ १२:०६

डडेल्धुरा । निर्वाचन आउन ८ दिन मात्रै बाँकी छ । डडेल्धुरामा उम्मेदवारहरू विभिन्न माध्यमबाट मतदातासमक्ष पुगिरहेका छन् । 

यसैक्रममा, नेपाली कांग्रेस डडेलधुराले यस अवधिमा तीनवटा चुनावी आमसभाको आयोजना गरिरहेको छ ।

कांग्रेसले गत मंगलबार जिल्लाको गन्यापधुरा गाउँपालिका मुकाम बडालमा पहिलो चुनावी आमसभा गरेको थियो । यस्तै, फागुन १६ गते जिल्लाको परशुराम नगरपालिकाको लालढुंगा बजार र १७ गते जिल्ला सदरमुकाम बागबजारमा आमसभाको कार्यक्रम आयोजना गर्दै छ । यस क्षेत्रमा काग्रेसका तर्फबाट नैनसिंह महर उमेदवार बनेका छन् । 

तर, अन्य दलहरूले भने अहिलेको छोटो समयमा भेटघाट नै प्रभावकारी हुने बताउँदै आएका छन् । डलेल्धुरामा कुल १३ उम्मेदवार चुनावी मैदानमा छन् । नेकपा एमालेबाट चक्रप्रसाद स्नेही, नेपाली कम्युनिस्ट पार्टीबाट मानसिंह माल, रास्वपाबाट ताराप्रसाद जोशी, राप्रपाबाट गोविन्द खडायत, नेककिपाबाट सुरेन्द्र भट्ट, जनमोर्चाबाट चन्द्रदेव विकलगायत उमेदवार बनेका छन् । 

प्रतिक्रिया