ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

शैल्यशिखर पूजन जात्रा सुरु

मङ्गलबार २४, असार २०८२ ०४:११

दार्चुला । शैल्यशिखर पूजन जात्रा सुरु भएको छ । जात्राको दर्शन र पूजाआजा गर्न बाहिरी जिल्लाका भक्तजनहरू यहाँ आउने क्रम बढेको मालिकार्जुन मन्दिर विकास समितिका अध्यक्ष धिर्कसिंह धामीले जानकारी दिए ।

मालिकार्जुन गाउँपालिका–३ र शैल्यशिखर नगरपालिका–६ को सीमा क्षेत्रमा पर्ने शैल्यशिखरधाममा हरेक वर्ष असार शुक्लचतुर्दशी तिथि र कात्तिक शुक्लत्रयोदशी तिथीमा पूजन जात्रा लाग्ने गर्दछ । यसवर्षको असार शुक्लचतुर्दशी तिथि बुधबार परेको तथा जात्राको सबै तयारी पूरा भएको उनले बताए । 

सुदूरपश्चिम प्रदेशको दार्चुला, बैतडी, डडेल्धुरा, बझाङ, कैलाली, कञ्चनपुर लगायतका जिल्ला र भारतको उत्तराखण्डको धारचुला, डिडिहाट, मुन्स्यारी, पिपली, अस्कोट चम्पावत, र पिथौरागढबाट समेत श्रद्धालु भक्तजन आउने गर्दछन् । मालिकार्जुन मन्दिरलाई नेपाल सरकारले ०६५ सालमा देशकै सातौँ धामका रूपमा घोषणा गरेको थियो ।

प्रतिक्रिया